
काठमाडौं, २१ वैशाख । पर्वतमा नेपाली काँग्रेसका जिल्ला नेतासहित दर्जनौ नेता कार्यकता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
काँग्रेसका युवा नेता मिलन सुवेदीसहित दर्जनौ रास्वपामा प्रवेश गरेका हुन् । सुवेदी काँग्रेस पर्वत जिल्ला सभापतिका पत्याशी थिए ।
यस्तै, जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए ।
त्यसपछि पनि फाटफुट कांग्रेस छाड्नेको संख्या ५० भन्दा बढी पुगेको छ । उनीहरूलाई रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा स्वागत गरेका हुन् ।















प्रतिक्रिया