
काठमाडौं, २१ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३०१ जनाको स्वाब परीक्षण गर्दा ४३ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७४१ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना र एक हजार ५६० जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ९१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमित निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २०२ जना छ । सक्रिय सङ्क्रमितमध्ये २६ जना आइसोलेसन, १२ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।














प्रतिक्रिया