
कैलाली, २१ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको मृत्यु भएको छ ।
अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि पुन:नमूना जाँच गराउँदा डेङ्गुको समेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको थियो ।
ती युवकको सोही अस्पतालमा चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको थियो ।














प्रतिक्रिया