
काठमाडौं, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।
आज बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोष फस्न नहुने बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।














प्रतिक्रिया