२९ आश्विन २०८३, बिहिबार

अब अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट प्रिन्ट गर्न सकिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौ, २१ वैशाख । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखाले जनाएको छ ।

ढिलोमा अर्को हप्तादेखि अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था सुरू हुने बताइएको छ ।

हाल अनलाइनमार्फत् आवेदन दिइ रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गइ लिनुपर्ने व्यवस्था छ । तर अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो ।