
काठमाडौं, २१ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने सहमति पहिलै भइसकेको बताएका छन् ।
कैलालीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनअघि नै सहमति भइसकेको बताएका हुन् ।
‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ। पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो । मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो,’ नेपालले भने ।















प्रतिक्रिया