
काठमाडौं, २१ वैशाख । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले फिल्ममा अभिनय गर्ने भएका छन्।
पूर्व प्रदेशमन्त्री समेत रहेका उनले अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघ चाल’मा मुख्य भूमिका निर्वाह गर्न लागेका हुन्। यो फिल्मको दशैँअघि छायांकन पूरा गरिनेछ।
यसै वर्षको अन्तिमसम्म यो फिल्म प्रदर्शनमा आउने छ। यो फिल्मको निर्देशन सम्राट बस्नेतले गर्दैछन्। फिल्ममा कथा, पटकथा र संवाद शिवम् अधिकारीको छ।
फिल्मको अधिकांश छायाँकन नेपालमा हुनेछ। मनाङेले पहिलो पटक फिल्ममा अभिनय गर्न लागेका हुन् ।















प्रतिक्रिया