२९ आश्विन २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदा र शक्तिको भए पनि कारबाही हुनुपर्छ: गगन थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गरिनुपर्ने बताएका छन ।

थापाले शरणार्थी प्रकरणमा संलग्न जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि कोही नहुने भएकाले उनीहरुलाई कारबाही गर्नुपर्ने बताएका छन । शरणार्थी प्रकरणमा गृह मन्त्रालयले निकै प्रशंसनीय काम गरेको समेत थापाको भनाइ छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागर हुँदै गएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

थापाले बिहीबार ट्विटरमा लेखेका छन, ‘नक्कली शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस्, ‘कोही नछुटुन । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन,’ ।

हालसम्म नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन । ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि तत्कालीन रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका हुन् ।

यस्तै बुधबार प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ । यस्तै सोही प्रकरणमा आज एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिएको छ, भने टोपबहादुर रायमाझी भने अझै फरार छन ।

यस प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरू हाल फरार छन ।