४ कार्तिक २०८३, बुधबार

शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटे प्रधानमन्त्री प्रचण्डले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए । भारतको नयाँ दिल्लीमा उपचारपछि फर्किएका राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए।

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पौडेलको स्वास्थ्य अवस्थाकाबारेमा कुराकानी हुनुका साथै राजनीतिक कुराकानी भएको बताइएको छ ।