४ कार्तिक २०८३, बुधबार

एमाले नेता सूर्य थापा लेख्छन्- नक्कली भुटानी शरणार्थी बन्न रकम बुझाउने पीडित होइनन्

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य सूर्य थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पूर्णलाई कारबाही हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले शरणार्थी बनाउने धन्दावल जो कोही भएपनि कारबाही हुनुपर्ने बताएका हुन् ।

यस्तै, उनले नक्कली शरणार्थी बन्न रकम बुझाउनेहरू पीडित नभएको भन्दै उनीहरूको पनि रकम जफत गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ,’ थापाले लेखेका छन् ।