३० कार्तिक २०८३, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह १० दिने भारत भ्रमणमा जान लागेका हुन् ।

पछिल्लो दुई महिनाको अवधिमा शाहको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उनी पूर्वी नेपाल हुँदै दार्जिलिङ पुगेका थिए ।

यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लागेका शाहको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु पनि भारत जाने बताइएको छ ।

शाहका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् भने शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको बताइएको छ ।