३० कार्तिक २०८३, सोमबार

सभामुख अर्यालद्वारा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस क्रममा उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने बताए ।