३० कार्तिक २०८३, सोमबार

पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ ।

यसअघि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको थियो । सन्दीपलाई आज अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।

सोही प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो ।

यसैगरी, सोही प्रकरणमा बादलका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।