३० कार्तिक २०८३, सोमबार

भीमफेदीको जुरिखेतमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ वैशाख । मकवानपुरको भीमफेदी-६ जुरिखेतमा मोटराइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ हेटौंडा-भीमफेदी-काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत काठमाडौंबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक बाराको प्रसौनी नगरपालिका-५ बस्ने२५ वर्षीय लालबाबु सहनी मलाहाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोटरसाइकलको पछाडी सवार एकजना आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा बाराको प्रसौनी नगरपालिका वडा नम्बर ५ का २० वर्षीय गोरख भन्ने रविन्द्र मण्डल रहेका छन् । शवलाई हेटौंडा अस्पताल ल्याइने कार्य भइरहेको प्रहरीले जनाएको छ ।