
काठमाडौं, २० वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज पक्राउ परेका पाण्डेलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा लगेको थियो । यही मुद्दामा मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
यस्तै, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित उनका छोरा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।
केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई यसअघि नै पक्राउ परिसकेका छन् ।















प्रतिक्रिया