
काठमाडौं, २० वैशाख । अभिनेता दीपकराज गिरीले नयाँ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा आफू सहमत नभएको बताएका छन् ।
मंगलबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमा लेख्दै राजनीतिक दलहरुका नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका थिए ।
मेयर शाहको स्टाटसलाई लक्षित गर्दै अभिनेता गिरीले आफू त्यसमा सहमत नभएको बताएका हुन् । उनले देशको माया कसैलाई नभएको भने सही रहेको उल्लेख गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गिरीले भनेका छन्ः
नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा चाहि सहमत छैन
तर देशको माया कसैलाइ छैन भन्ने कुरा चाहि सहि हो ….
त्यसअघि मंगलबार राति मेयर बालेनले भनेका थिएः
नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।












प्रतिक्रिया