३० कार्तिक २०८३, सोमबार

आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै देउवा पत्नि आरजु राणाको आपत्ति

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्‍य आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।’ प्रतिनिधिसभा सदस्य समेत रहेकी देउवाले भनेकी छन्, ‘नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ । तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म विरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुँदै नभएका आधारहिन विभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

हरेकजसो अन्तर्वार्तामा केही व्यक्ति नियोजितरूपमै आफ्नोविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन सबै आम सञ्चारमाध्यमलाई उनले आग्रह गरेकी छन् ।