
काठमाडौं, १९ वैशाख । काठमाडौंमा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल विजयी भएको छ ।
युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । खेलमा सन्दीप लामिछाने म्यान अफ द टुर्नामेन्ट घोषित भए भने गुल्सन झा म्यान अफ द म्याच बने ।
नेपालले सुरुवाती विकेट गुमाएर दबाबमा परेका बेला नटआउट रहेका गुल्सनले ८४ बलमा ६७ रन बनाए । गुलशनकै प्रभावशाली प्रदर्शनका कारण यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
चौथो विकेटका लागि गुलशन झा र भिम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरेका थिए । गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। ८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बलमा ४ चौका हाने ।
यस्तै सन्दीप लामिछानेले ओमानविरुद्धको खेलसँगै ४२ म्याचबाट १०० रनसहित विश्व कीर्तिमान बनाएका थिए । सन्दीपले यो प्रतियोगितामा १३ विकेट लिए ।
म्यान अफ द टुर्नामेन्टको ट्रफी लिने क्रममा उनले हौसला बढाउन आएका सबै समर्थकहरुलाई धन्यवाद समेत दिएका छन ।













प्रतिक्रिया