१ कार्तिक २०८३, शनिबार

एसिसी प्रिमियर कप फाइनल: यूएईद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गतको फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको हो ।

नेपालका लागि ललित राजबंशीले चार विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक/एक विकेट लिएका थिए ।

सोमबार वर्षा भएपछि रोकिएको बाँकी फाइनल खेल आज बिहान ९ बजेबाट सुरु भएको हो । अब केहिबेरमा नेपालले ब्याटिङ गर्नेछ ।