३० कार्तिक २०८३, सोमबार

बारा–२ बाट निर्वाचित सांसद उपेन्द्र यादवले आज शपथ लिँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । बारा–२ को उपनिर्वाचनबाट निर्वाचित जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आज(मंगलवार) पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

गत १५ वैशाखमा उनी सपथ लिन छुटेका थिए । चितवन –२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले १५ वैशाखमा शपथ लिएका थिए ।

शपथ लिन छुटेका यादवलाई सभामुख देवराज घिमिरेले सपथ गराउनेछन् । यादव गत ४ मंसिरमा भएको निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भारी मतले पराजित भएका थिए ।

बारा–२ का तत्कालिन सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि गत १० वैशाखमा उक्त क्षेत्रमा उपनिर्वाचन भएको थियो ।