३० आश्विन २०८३, शुक्रबार

अयोग्य लडाकुलाई रकम दिने निर्णयमा स्यालहुइँया मच्चाउन खोजियो: प्रधानमन्त्री प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहिर्गमित लडाकुलाई २ लाख रुपैयाँ दिने निर्णयमा स्यालहुइँया मच्चाउन खोजिएको बताएका छन् ।

माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन उद्घाटन गर्दै दाहालले सहिदहरूलाई सहिदका रूपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भैरहेकाले सरकारले गरेका सकारात्मक काममा निरन्तर गरिएको प्रहार स्वीकार्य नहुनेसमेत बताए ।

प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई रकम दिने निर्णय आफ्नो नभएर यसअघिको सरकारको निर्णय भएको र सर्वोच्च अदालतले २ लाख रुपैयाँ दिनु भनेर गरेको फैसला कार्यान्वयन मात्र गर्न खोजिएको समेत प्रष्ट पारेका छन्।

प्रचण्डले नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझै अगाडि जान सक्ने भन्दै माओवादी नगर्जिँदा स्यालहरू कराउन थालेका र रजाइँ गर्न खोजिरहेको धारणा राखे ।

आफ्नो कतै कमजोरी भए आत्मसमीक्षा गरेर सुधार गर्न तयार रहेको तर जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धीमाथि प्रहार गर्ने छुट कसैलाई नभएको उनको भनाई छ। प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर अगाडि बढीरहेको भन्दै प्रचण्डले श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको जानकारी दिए ।

निर्वाचन घोषणापत्रमा आयोग बनाएर २०४८ साल भन्दा यताका सबै भ्रष्टाचारहरूको छानबिन गर्ने योजना बनाएको र छिट्टै आयोग बनाउन आफूले पहल गर्ने प्रचण्डको भनाई थियो ।