
काठमाडौं, १८ वैशाख ।एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको बाँकी फाइनल खेल भोलि हुने भएको छ ।
आजको खेल वर्षाले रोकिएपछि बाँकी खेल भोलि हुने भएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
बाँकी खेल आजकै स्थितिबाट सुरु हुनेछ। खेल बिहान ९ बजे सुरू हुनेछ ।















प्रतिक्रिया