२९ आश्विन २०८३, बिहिबार

केपी ओलीमाथिको आक्रमण र अवरोध गम्भीर विषय हो : प्रधानमन्त्री प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र अवरोधहरू गम्भीर विषय भएको बताएका छन् ।

आज सोमबार प्रेस सेन्टर नेपाल चितवनले भरतपुरमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले तत्कालीन राजा र तीनका समर्थकले विरोध गरेको र आक्रमणको प्रयास गरेका हुन् भने त्यो गम्भीर विषय भएको बताएका हुन् ।

यद्यपि, उनले अध्यक्ष ओलीमाथिको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ताको कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । ओलीले सत्तारुढ दलमाथि झूटो कुरा गरेको प्रचण्डको भनाइ छ ।