
काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम नेपाललाई पहिलो सफलता मिलेको छ ।
टस जितेर युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएको छ ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । उनले युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका हुन् । वासिमले ८ बलमा ११ रन बनाएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ३.१ ओभरमा युएईले एक विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ ।











प्रतिक्रिया