
काठमाडौं, १८ वैशाख । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच आज सोमबार पार्टी एकता घोषणा हुँदैछ ।
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दुई कम्युनिस्ट पार्टी बीच एकता घोषणा हुन लागेको हो ।
काठमाडौंको स्काई दरबार ब्याङ्क्वेट बग्गीखानामा हुने पार्टी एकता घोषणा कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएको छ ।
गत शनिबार क्रान्तिकारी माओवादी र नेकपा बहुमतको एकता अधिवेशन सम्पन्न भएको थियो ।
एकता अधिवेशनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राख्ने निर्णय गरेको थियो । अधिवेशनले पार्टीको अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई चयन गरेको थियो ।












प्रतिक्रिया