
काठमाडौं, १८ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
फाइनलमा पुगेसँगै नेपाल र युएई एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको भइसकेको छ । प्रतियोगिताको तेस्रो बन्दै ओमान पनि एसीसी इमर्जिङ कपमा छनोट भएको छ ।















प्रतिक्रिया