२ कार्तिक २०८३, सोमबार

सिन्धुलीमा कार दुर्घटनाः दुईको मृत्यु, एक गम्भीर घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमलामाई, १७ वैशाख । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो ।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।