३० कार्तिक २०८३, सोमबार

सम्पुर्ण राजनीतिक पार्टीहरु, पार्टीका भातृ संस्थाहरु र कार्यकर्ताहरुलाई आन्दोलनमा स्वागत छः महावीर पुन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । विभिन्न माग राख्दै शुक्रबारबाट माइतीघरमा धर्नामा बसेका राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्नो आन्दोलनमा सम्पुर्ण राजनीतिक पार्टीहरु, पार्टीका भातृ संस्थाहरु र कार्यकर्ताहरुलाई स्वागत रहेको बताएका छन् । धर्नाको तेस्रो दिन आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै पुनले यस्तो बताएका हुन् ।

पुनले भनेका छन्ः

सम्पुर्ण राजनैतिक पार्टीहरु, पार्टीका भातृ सँस्थाहरु र कार्यकर्ताहरु लाई आन्दोलनमा स्वागत छ । किन भने तपाइहरुलाई पनि अनुसन्धान, आविष्कार र नबप्रबर्तन चाहिन्छ। कुरा बुझ्नु भो ?

अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राख्दै धर्नामा बसेका पुनले माग पूरा नभएसम्म धर्ना कायम रहने बताउँदै आएका छन् ।

धर्नाम बसेका पुनले गएराति पनि सडकमै रात बिताएका छन् । यसअघि शुक्रबार राति पनि सडकमै रात बिताएका थिए ।

यसअघि शनिबार उनको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्वता जनाएको थियो ।

पुनले राखेको माग जायज रहेको भन्दै सामाजिक सञ्जालमा पनि उनको मागलाई सम्बोधन हुनुपर्ने आवाज उठेको छ ।