१ कार्तिक २०८३, शनिबार

एसीसी प्रिमियर कप सेमिफाइनलः कुवेतले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेल केहिबेरमा सुरु हुँदैछ ।

समूह ‘ए’ को विजेता घरेलु टोली नेपाल र समूह ‘बी’को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’को विजेता संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।