
काठमाडौं, १५ वैशाख । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।
राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
बाजुराको दहकोटमा केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो ।
मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरा, बझाङ, अछामसँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
अहिलेसम्म भूकम्पले क्षति विवरण प्राप्त नभएको र सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।















प्रतिक्रिया