२ कार्तिक २०८३, सोमबार

खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १५ वैशाख । लागुऔषध खैरो हिरोइन  (ब्राउन सुगर)सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले त्रिभुवन राजमार्ग अन्तर्गत बारा जितपुरसिमारा-२१ अमलेखगञ्जबाट २ सय ग्राम खैरो हिरोइनसहित भारतको गोरखपुर खजुरी ग्राम पंचायत बस्ने ६० वर्षीय संतोष कुमार त्रिपाठीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बिहीबार विरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको ना.१.ज.२०८६ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार त्रिपाठीबाट खैरो हिराइन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

त्रिपाठीले आफ्नो दुबै खुट्टामा २/२ पोका गरी ४ पोकामा लागुऔषध इलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ना.१.ज.२०८६ नम्बरको टाटा सुमो र चालक समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।