
काठमाडौं, १५ वैशाख । बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ः३० बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
यसअघि बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया