३० आश्विन २०८३, शुक्रबार

मे दिवस भव्यरूपमा मनाउने एमालेको जनसंगठन समन्वय संयन्त्रको निर्णय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा पार्टी कार्यालय, च्यासल, ललितपुरमा आज बसेको बैठकले नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को आयोजनामा हुने मे दिवस कार्यक्रम सबै जनसंगठनको सहभागितामा भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

बैठकमा नेकपा (एमाले) सम्बद्ध जनसंगठनका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेकपा (एमाले) का २३ वटा जनसंगठन रहेका छन् ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापामा भएको आक्रमण प्रयासको निन्दा र भत्र्सना पनि गरेको छ ।

बैठकमा जनसंगठन समन्वय संयन्त्रको १५ महिनाको कार्यकालको समीक्षा गरिनाका साथै यस अवधिमा सबै जनसंगठनका राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सकिएको र यसले जनसंगठनलाई आफ्ना मुद्दामा केन्द्रित भई क्रियाशील हुन सकारात्मक सन्देश दिएको निष्कर्ष निकालिएको जनाइएको छ ।

जनसंगठनको नेतृत्व चयनमा अनेरास्ववियुको निर्वाचनबाट र अन्य सबै जनसंगठनको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाधिवेशनबाट जनसंगठनमा नयाँ र युवा पुस्ता जोडिने अवसर सिर्जना भएको ठहर गरिएको छ ।

बैठकमा जनसंगठनहरू एजेण्डामा आधारित रहेर बनाउन ध्यान दिनुपर्ने, जनसंगठनहरूलाई सम्बन्धित क्षेत्रको नेता संगठनका रूपमा क्रियाशील र स्थापित हुन प्रेरित गर्नुपर्ने, जनसंगठनलाई स्थानीय तहसम्म पुर्याउनुपर्ने साथै राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्ने लगायत विषयमा छलफल भएको नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संयन्त्रका उपप्रमुख रचना खड्काले बताइन् ।

बैठकमा पछिल्लो समय विभिन्न जनसंगठनका महाधिवेशनबाट निर्वाचित अध्यक्षहरूलाई बधाई दिनुका साथै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संगठनलाई पहिलो बनाउन सफल भएकोमा अनेरास्ववियुको नेतृत्वलाई बधाई दिइएको थियो ।