३० आश्विन २०८३, शुक्रबार

सुडानबाट उद्धार गरिएका थप दुई सय पचास भारतीय नागरिक मुम्बई आइपुगे

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १४ वैशाख। सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयमध्ये थप २४६ जना लाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ ।

“अर्को विमान मुम्बई आइपुगेका छ । थप २४६ जना भारतीय मातृभूमि फर्केका छन्,” भारतीय विदेशमन्त्री जयशङ्करले ट्वीटरमा लेखेका छन् ।

यसअघि बिहीबार नै केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले द्वन्द्वग्रस्त सुडानबाट उद्धार गरिएका १२८ जना भारतीय नागरिकलाई भारतीय वायु सेनाको विमान सी–१३० जे विमानबाट ‘अपरेसन कावेरी’ अन्तर्गत साउदी अरेबियाको जेद्दाह आइपुगेको बताएका थिए ।

‘अपरेसन कावेरी’को नेतृत्वमा भारतीय वायुसेनाको अर्को सी–१३० जे विमान १२८ जना भारतीयलाई लिएर जेद्दा आइपुगेको छ । जेद्दाह आइपुगेका सबै भारतीयलाई जतिसक्दो चाँडो भारत पठाउने प्रयास भइरहेको मुरलीधरनले बताउनुभयो । उनले जेद्दाहमा भारतीय नागरिकहरू विमानबाट ओर्लेको भिडियो पोस्ट गरेका थिए।

‘अपरेसन कावेरी’ अन्तर्गत सुडानबाट उद्धार गरिएका भारतीयहरूको यो छैटौं समूह हो । योसँगै कूल एक हजार १०० भारतीयहरूलाई सुडानबाट फिर्ता गरिएको छ ।