२९ आश्विन २०८३, बिहिबार

नेप्सेमा सामान्य अंकको गिरावट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २ अंकले घटेर १८ सय ८९ अंकमा थामिएको छ ।

बिहीबार कारोबार रकम पनि खुम्चिँदै २ सय ६९ कम्पनीको २१ लाख बढी कित्ता शेयरको ७३ करोड बराबरमा खरीदबिक्री भएको छ ।

बिहीबार कारोबारमा आएका होटल तथा टुरिजम र बैंकिक समूह हरियो रहँदा बाँकी सबै समूह राताम्मे भएका छन् । बिहीबार ६५ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १ सय ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेका अनुृसार बिहीबार सिटिजन म्युचल फण्ड २, तेह्रथुम पावर कम्पनी लिमिटेडको ५ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ भने सबैभन्दा धेरै एनआइबिल ग्रोथ फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने एनएमबि डिभेन्चरको ९ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा एभरेष्ट बैंकको ३ करोड ७६ लाख माथिमा कारोबार भएको छ ।