१ कार्तिक २०८३, शनिबार

कतारले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत कतारले टस जितेर नेपालाई ब्याटिङको निम्तो दिएको छ ।

केहिबेरपछि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा घरेलु टोली नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

आजको खेलबाट समूह ए मा रहेको टोलीको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

समूह ए मा रहेको नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यसैगरी प्रतियोगिता अन्तर्गत समूह बि मा रहेको हङकङ र कुवेतबीचको खेल पनि केहिबेरमा मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । हङकङले टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको छ ।

Image

समूह बी बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगिसकेको छ ।