१६ कार्तिक २०८३, सोमबार

अपडेटः बेनी बजार झण्डै डुब्यो: सिडिओ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali (1)
काठमाडौं, १० जेठ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कालीगण्डकीको ताल फुटेपछि आएको पानीको बहाव अलिकति मात्रै बढेको भए बेनी बजार सखाप हुने बताएका छन् । म्याग्दीको उत्तरी बैसरीमा पहिरोले थुनिएको कालीगण्डकी फुटेपछि आधा घण्टासम्म पानीको खतरनाक छाल र वहाव आएको उनले बताए ।

‘पानी बहाव यति ठूलो र खतरनाक आएको थियो की, थोरै मात्र बढेको भए पनि बेनी बजरा सखाप हुन्थ्यो’, प्रजिअ केसीले दैनिक नेपालसँग भने, ‘छाल प्रवेश गर्ला जस्तो गर्दै थियो, तर एक छिनमै घट्यो ।’ करिव आधा घण्टासम्मको ठूलो बहाव पछि अहिले पानीको सतह चार मिटर तल घटेको उनले बताए ।

ताल जरैदेखि फुटे पनि पहिरो भने अझैसम्म रोकिएको छैन । पहिरो नरोकिएकोले नदी फेरी थुनिनसक्ने सम्भावना रहेको छ । सेना र प्रहरीको टोलि भने अहिले पनि घटना स्थलमै रहेका छन् ।

kali-magdi1

खतरा टर्‍यो
अब बस्तीलाई खतरा हुने गरी तालमा पानी नरहेको प्रजिअ केसीले जानकारी दिए । नदीले बेनी बजारमा सामान्य बाहेकको क्षति पु¥याएको छैन । क्षतिको विवराण् भने आइसकेको छैन । सुरक्षित स्थानतर्फ गएका सबैलाई बजार फर्कन आग्रह गरेको पनि प्रजिअ केसीले बताए ।

नदी खुलेर बजारनै बगाउने डरले आज विहानैदेखि बेनी बजार खाली बनेको थियो । तर अहिले भने उनी खुशि हुदै फर्कन थालेका छन् ।

kali-magdikali-magdi1