३० कार्तिक २०८३, सोमबार

लुम्बिनी र गण्डकीमा सरकारको दाबी गर्ने आज अन्तिम दिन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । लुम्बिनी र गण्डकी प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन रहेको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि स्पष्ट बहुमतले दाबी पेस गर्नुपर्नेछ ।

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको प्रदेश सरकारको नेतृत्वका लागि प्रदेश प्रमुख अमिक शेरचनले दिएको समय आज दिउँसो ४ बजे सम्म रहेको छ ।

यस्तै, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पनि विश्वासको मत पाउन नसकेपछि रिक्त भएको प्रदेश सरकारको नेतृत्वका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकारको नेतृत्वका दिएको समय पनि दिउँसो ४ बजे सम्म रहेको छ ।

दुबै प्रदेशमा यसअघि नेकपा (एमाले) नेतृत्वको सरकार रहेको थियो । राजनीतिक घटनाक्रमसँगै दुबै प्रदेशमा एमालेको सरकार ढलेको हो ।

यता, सत्ता गठबन्धनको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकारको नेतृत्वको लागि हालसम्म सहमति हुन सकेको छैन् ।

कांग्रेसले दुबै प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गर्दै आएको छ भने माओवादीले पनि नेतृत्वको लागि अडान राख्दै आएको छ ।