३० कार्तिक २०८३, सोमबार

सप्तरीमा आगलागीबाट पाँच घरगोठ नष्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, १४ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका र तिरहुत गाउँपालिकामा बुधबार आगलागी हुँदा पाँच जनाको घरगोठ जलेर नष्ट भएको छ ।

सुरुङ्गा–९ टिकुलिया बस्ने ४० वर्षीय मन्जुर मियाँ, ४३ वर्षीय ज्याउ लमियाँ, ४६ वर्षीय सहदा फमियाँ र ४५ वर्षीय दरगैइ मियाँको घरगोठ जलेर नष्ट भएको हो ।

आगलागीका कारण थाहा हुन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले शम्भुनाथ नगरपालिका र सिरहाको लहान नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो निभाएका थिए ।

यस्तै तिरहुत–५ मेहता टोल बस्ने ५० वर्षीय जुगेश्वर यादवको फुसको घरमा बुधबार आगो लागेर नष्ट भएको छ ।

जस्तापाताको छाना भएको गोठ घरमा रहेको घुरबाट आगो सल्किएर फैलिएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट जस्ताको छानो र पराल भएको घर र काठ, दाउरा जलेर क्षति भएको छ ।