१ कार्तिक २०८३, आइतबार

मुहूर्तसँगै छायांकनमा ‘सतीदेवी’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौंमा छायांकन सुरु गरिएको छ ।

लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत छन् ।

दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ ।

छायांकनरत चलचित्र महिला केन्द्रित विषयवस्तुमा आधारित रहेको निर्देशक सुवेदीले जानकारी दिए । “हामीले ३० दिनको तालिका बनाएर सुरुआत गरेका छौँ । चलचित्रमा सतीदेवीको आँखाबाट कथा प्रस्तुत गरिएको छ”, निर्देशक सुवेदीले भने । यसमा दीपक शर्मा र सुभाष भुसालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

रंगपत्रकार हुँदै चलचित्रकर्मी बनेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरिसकेका छन् ।