१६ कार्तिक २०८३, सोमबार

अपडेटः कालीगण्डकी थुनिदा १० गाविस डुबानमा, घटनास्थलमा सेना पनि पुग्न सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sflnu08sLdf klx/f]DofUbLsf] /fDr]?( sfkmn8fF8faf6 v:b} u/]sf] ljgf;sf/L klx/f]af6 sflnu08sL gbL k"0f{?kdf y'lgPsf] 5 . tl:a/ M cRo"t ltjf/L, kj{t, /f;;

– विश्वास खड्काथोकी

काठमाडौं, १० जेठ । म्याग्दीमा पहिरोले कालिगण्डकी थुनिएपछि उत्तरी भेगका १० गाविस डुवानको उच्च जोखिममा परेका छन् । आइतवार दिउसोसम्म पहिरो नरोकिदा र नदी थुनिएर तालको सतह बढ्दै गएपछि नदी थुनिएने तर्फका १० गाविस डुवानमा पर्ने भएका हुन् ।

राम्चे, वेगखोल, भुरुन तातोपानी, दाना, नार्जेङ लगाएतको १० गाविस डुवानको उच्च जोखिममा रहेको घटनास्थलबाट पत्रकार प्रताप वानियाले जानकारी दिए । उनको अनुसार ताल पाँच किलोमिटरभन्दा परको बेगखोल गाविसम्म पुगिसकेको छ । अहिलेसम्म नदी थुनिएको ठाउँसम्म कोही पनि पुग्न नसक्दा तलाउको उचाई भने यकिङ गर्न सकिएको छैन । वानियाको अनुसार पानीको सतह यति बढेको छ की, विजुलीको पोलहरु समेत पुरै डुबेका छन् ।

kali-gandaki1

निरन्तर ढुंगा सहितको पहिरो र धुलोले सेनासमेत नदी थुनिएको स्थनमा पुग्न नसकेको बानियाँले जानकारी दिए । आज विहान ६ जनाको शैनिक टोलि त्यस ठाउँमा पुगे पनि अझैसम्म काम शुरु गर्न सकेको छैन । केही समय अघि निरिक्षणका लागि गृहमन्त्री बामदेव गौतम पनि त्यहाँ पुगेका थिए ।

राति करिव १ः४५ देखि खस्न थालको ढुंगासहितको पहिरो अझैसम्म रोकिएको छैन । बेनी–जोमसम सडक खण्ड पूर्ण रुपमा अबरुद्ध बनेको छ । तलाउ बनेको स्थानमा खानेपानीको पाइप फुट्ने, विजुलीका पोल ढल्ने भएका छन् ।

म्याग्दी सदरमुकाम बेनी बजार सुनसान बनेको छ । सेनाले वेनी बजार र टटीय बस्तीका मानिसलाई तीन सय मिटरभन्दा माथि जान आग्रह गरेको छ । बेनीमा कुनै पनि गाडी छैनन् । बैंक, बजार, संघ संस्था सम्पूर्ण बन्द रहेका छन् । बेनी बजार र त्यस अवरपरका मानिसहरु अर्थुंगे, लव्ली डाडा, मल्लाज लगायतका अग्ला अग्ला डाँडातर्फ गएका छन् ।

 

kali-gandakikali