काठमाडौँ, १० जेठ । बेलायतमा बस्दै आएका प्रवासी नेपाली रविचन्द्र लामिछानेले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाएका छन् ।
बेलायतमा फेसन डिजाइनिङमा कार्यरत व्यवसायी लामिछानेले राहत कोषमा ५१ लाख १७ हजार ७२७ उनकी आमा रुक्मिणा लामिछानेले प्रधानमन्त्री कोइरालालाई आज एक कार्यक्रमका बीच प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले पीडितका लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो – “रकम हिनामिना गर्नेलाई फौजदारी कानुनअनुसार कारबाही गरिनेछ ।”
लामिछानेले जन्मभूमिमा विपत्ति आइपरेका बेलामा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै करिब रु आठ करोडको सामान विभिन्न निकायमार्फत वितरण हुने गरी पठाउनुभएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।















प्रतिक्रिया