१ कार्तिक २०८३, आइतबार

एसीसी प्रिमियर कपः नेपाल र साउदी भिड्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज सोमबार घरेलु टोली नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरेबियाले कतारलाई सात विकेटले हराएकाे थियाे ।

Image

यसैगरी, आजै बिहान ९ बजे हङकङ र बहराइनबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदैछ ।

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।

यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।