१ कार्तिक २०८३, शनिबार

सातदोबाटो र हिमालयनले खेले बराबरी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन् ।

ललितपुरस्थीत च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटो र हिमालयन शेर्पा क्लबले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७२औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८० औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १० अंक जोडेको छ ।