
काठमाडौं, ७ वैशाख । भारतीय काँग्रेस आईका नेता राहुल गान्धीको पुनरावेदन निवेदन अदालतले खारेज गरिदिएको छ ।
सुरत अदालतले सुनाएको दुई वर्षको जेल सजायविरूद्व गान्धीले पुनरावेदन निवेदन दिएका थिए । सुरत अदालतले बिहीबार उनको निवेदन खारेज गरिदिएको हो ।
२०१९ मा एउटा कार्यक्रममा भाषण गर्ने क्रममा गान्धीले ‘सबै मोदीहरू किन चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सुरत जिल्ला अदालतले सोही मुद्वामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।
अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो भने अदालतले उनलाई ३० दिनका लाग धरौटीमा रिहा गरेको थियो । अदालतको फैसलापछि गान्धीको सांसद पदसमेत गुमेको छ ।
उनको पुनरावेदन खारेज भएसँगै गान्धी अप्ठयारोमा परेका छन् । उनी अब उच्च अदालत जाने तयारीमा छन् ।















प्रतिक्रिया