२८ आश्विन २०८३, बुधबार

राखेपको सदस्य सचिवलाई नहटाउन अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubrajकाठमाडौ । राष्ट्रिय  खेलकुद परिषदको सदस्य सचिवमा युवराज लामालाई बहाली गर्न सर्बोच्च अदालतले अन्तमरिम आदेश जारी गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले लामा सहित राखेपका पदाधिकारीलाई उनीहरुको अवधि सकिएको भन्दै बर्खास्त गरेको थियो ।

बर्खास्त गर्ने निर्णय विरुद्ध लामा अदालत गएका थिए । अदालतले सदस्य सचिव लामाको पक्षममा अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नभएसम्म बहाल रहन आदेश दिएको हो । छलफलका लागि विपक्षीहरुलाई जेठ २६ गते बोलाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पदावधि सकिएको भन्दै लामासहित परिषदका ६ सदस्यलाई पदमुक्त गरेको थियो ।