२८ आश्विन २०८३, बुधबार

सडक दुर्घटनामा पाँच जनाको मृत्यु,२५ घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लावाद, ५ वैशाख । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हाताहति भएको हो ।

पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् ।

द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन् ।