
काठमाडौं, ४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

आइतबारबाट अस्वस्थ भएर घरमै आराम गरिरहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड र देउवा उनकै निवास बालकोट पुगेका हुन् ।
यसैगरी, सभामुख देवराज घिमिरे पनि ओली निवास बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँगको भेटमा उनीहरुले संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ ।












प्रतिक्रिया