३० कार्तिक २०८३, सोमबार

बझाङमा अटो भीरबाट खस्दा तीनजनाको मृत्यु, बालक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बझाङ । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बुङ्गल नगरपालिका-१० टुमेडामा अटो सडकबाट करिब एक हजार मिटर तल खस्दा तीनजनाको मृत्यु भएको हो भने एकजना बालक बेपत्ता छन् ।

दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।

दुर्घटनामा बेपत्ता बालकको खोजी भइरहेको छ भने घाइतेको उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ ।