३० कार्तिक २०८३, सोमबार

सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३ वैशाख । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुको बिरामी समेत रहेकी उनलाई गत चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।